रोनाल्डोको रियल फर्कने हल्लाबारे जिदान के भन्छन् ?

काठमाडौँ: स्पेनी ला लिगमा रियल म्याड्रिडले अपेक्षाकृत लय देखाउन नसकिरहेको बेला क्रिस्टियानो रोनाल्डो जिनेदिन जिदानको टिममा फर्कने हल्ला चलिरहेको छ । युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि रोनाल्डाको इटाली बसाइबारे अड्कलबाजी भइरहेको छ ।
स्पेनका अखबारहरूले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले रोनाल्डोलाई पुरानो क्लबमा फर्काउन रियल प्रशासनलाई सम्पर्क गरेको दाबी गरेका छन् । यसै सन्दर्भमा रियलका प्रशिक्षक जिदानलाई शुक्रबार सोधिएको थियो ।
‘रोनाल्डोले रियलका लागि कुन स्तरको योगदान गरेका छन् भन्ने हामी सबैलाई थाहा छ । उनी यो क्लबको गर्बिलो इतिहासको हिस्सा हुन् । तर अहिले लाई उनी युभेन्टसको खेलाडी हुन् । त्यस तथ्यको हामीले सम्मान गर्नुपर्छ,’ जिदानले रोनाल्डो रियल फर्कने समाचारबारे सोधिएको प्रश्नलाई पूर्णरुपमा सम्बोधन गर्न इन्कार गरे ।
पोर्चुगलका कप्तान रोनाल्डो रियलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०१८ को जुलाईमा इटाली जानुअघि रोनाल्डोले रियलको जर्सीमा चार सय ३८ खेल खेल्दै चार सय ५१ गोल गरेका थिए । रोनाल्डोको अनुपस्थितिमा रियल संर्घषरत रहेको भन्ने अभिव्यक्ति चारैतिरबाट आइरहदा ३६ वर्षीय फरवार्ड स्पेन फर्कने सम्भावनालाई जिदानले पूर्णरूपमा इन्कार नगर्नुलाई स्वभाविक मानिएको छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया