प्रमुख अधिकृतविरुध्द भ्रष्टाचार मुद्दा

काठमाडौंः घूस लेनेदनमा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अधिकृत र एक व्यापारीविरुध्द भ्रष्टाचार मुद्दा चलाएको छ ।
गुड्खा/चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अधिकृत विजय रानाले २ लाख रुपैयाँ घूस लिएको दाबी आयोगको छ । आयोगले राना र झाविरुध्द असोज २५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो ।
भ्रष्टाचार अभियोगमा मुद्दा चलाएपछि प्रमुख अधिकृत राना स्वतः निलम्बनमा पर्छन् । आयोगको टोलीले अधिकृ राना र व्यवसायी झाबीच घूस २ लाख रुपैयाँ घूस लेनदेन भएपछि दुवैलाई आयोगले नियन्त्रणमा लिएको हो । व्यवसायी झाका राजस्व लगायतका कामकाजमा सहजीकरण गर्ने भनी घूस लिएको दाबी आयोगको छ ।
प्रमुख अधिकृत रानाले प्रयोग गरेकै सरकारी नम्बर प्लेटकै गाडीमा लुकाई राखेको उक्त घूस रकम बरामद गरेको हो । घूसमा आरोपित रानाले घूस लिएको स-सप्रमाण पुष्टी भएको दावी आयोग छ । आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐन अनुरुप जरिवाना, कैद सजायँ र बरामद रकम जफ्तको माग दाबी लिएको छ ।

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

दिपक मनाङेको सांसद पद खारेज

उच्च अदालतले भन्योः पाण्डेलाई काम गर्न दिनू

प्रतिक्रिया