आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

खुवालुङ संरक्षणका अभियन्ता दिनेश र साजन छुटे

धनकुटा : खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई शुक्रबार प्रहरीले छोडेको छ । सप्तकोशीका डुंगा चलाईरहेकाहरुको उजुरीमा खुम्बुलाई सुनसरी चक्रघाटीको इलाका प्रहरी कार्यालयले बिहीबार खुम्बु र राईलाई पक्राउ गरेको थियो ।

साेमबार खुवालुङ क्षेत्र संरक्षण समितीका सचिव दिला राई, किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिती सुनसरी अध्यक्ष राम कुमार मान्डुपा राई, किरात राई यायोक्खा जिल्ला कार्य समिती सुनसरी सचिव राजेन्द्र राई लगायतको समन्वय र रोहबरमा खुम्बु र राईलाई छोडेको हो । 

८  फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भएपनि कोशीमा जहाज चलाइछाड्ने उद्घोष गरेका थिए । सोमबार यही तमोर, अरुण र दुधकोशीको संगमस्थलमा अभियन्ताहरूले किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ ढुंगा फुटाउने सरकारी योजनाको विरोध गरेका थिए ।

सोमबार खुवालुङ पुगेर विरोध गर्ने कार्यक्रम थियो । डुंगा व्यवसायीले अभियन्ताहरूलाई खुवालुङ सम्म पुर्‍याउन आलटाल गरेपछि सामान्य विवाद भएको थियो । त्यसपछि डुंगा व्यवसायीको उजुरीको आधारमा बिहीबार प्रहरीले दिनेश र साजनलाई पक्राउ गरेको थियो । शुक्रबार उनीहरू छुटेपछि अभियन्ताहरूलाई खुवालुङ संरक्षणसँग सम्बन्धित विभिन्‍न सरोकारवाला संघ संस्थाहरूका प्रतिनिधिहरूले खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए । 

किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…