दिल्लीले सन्दिपलाई मौका दिन सक्ने

काठमाडौं : मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा भिड्दैछन् । दुबई अन्तराष्ट्रिय रगंशालामा बिहीबार हुने खेलमा विजय हुने टीम प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले दास्रो क्वालिफायरको विजेतासँग खेल्ने मौका पाउनेछ ।
यसैबीच भारतीय सञ्चार माध्यमहरुले नेपाली स्पिनर सन्दिप लामिछाने यस खेलमा मौका पाउन सक्ने सम्भावना रहेको जनाएका छन् । भारतीय अखबार हिन्दुस्तान टाईम्सले दिल्लीको पहिलो एघारको अनुमान गर्दै सन्दिपलाई पनि सम्भावित टीममा राखेको छ ।
राजस्थान रोयल्सविरुध्द खराब प्रर्दशन गरेको भनेर आलोचित बनेका डानियल साम्सको ठाउँमा सन्दिपलाई मौका दिने सम्भावना रहेको बताइएको छ । ‘दुबईको पिचमा सन्दिपले अविश्सनीय प्रर्दशन गर्न सक्छन् । त्यसकारण उनलाई दिल्लीले खेल जिताउने कार्डका रुपमा प्रयोग गर्न सक्छ,’ हिन्दुस्तान टाइम्सले लेखेको छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया