युरोपा लिग : नफेरिएको म्यानचेस्टर युनाइटेड

काठमाडौँ : म्यानचेस्टर युनाइटेड यस सिजन पूर्णरुपमा बलियो टिमका रुपमा स्थापित हुन सकेको छैन् । प्रिमियर लिगमा ठूला भनिएका टिमलाई यस सिजन हराउन नसकेको युनाइटेडले युरोपा लिगमा पनि त्यही सिलसिलालाई दाहोर्यायो ।
युरोपा लिगमा बिहीबार राती युनाइटेड एसी मिलानसँग बराबरीमा रोकियो । ओल्ड ट्रार्फोडमा अग्रता जोगाउन नसक्दा इंग्लिस लिगको सम्भावित उप-विजेताले इटालियन सिरी ए को दोस्रो स्थानमै रहेको मिलानसँग एक–एक गोलको बराबरी खेल्यो । युनाइटेडका लागि अमद डियालोले ५० औँ मिनेटमा गोल गरे । तर सिमोन कायरले खेलको उर्ताद्वमा गोल फर्काएपछि युनाइटेड रोकियो ।
यसै सिजन इटालीबाट युनाइटेड आएका डियालो बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । आइभरीकोस्टका १८ वर्षीय विङ्गरले गोल गर्दै प्रशिक्षक ओले गनर सोल्स्यारको रणनीति सफल हुन लागेको सन्देश पनि दिए ।
तर अन्तिममा सम्हालिन नसक्ने युनाइटेडको रोग बल्झिदा कायरले हेडर गोल गरे । डेभिड डे हायाको विकल्पका रुपमा प्रस्तुत भएका डिन हेन्डरसनले कायरको हेडर रोक्न नसक्दा युनाइटेडले महत्वपूर्ण तीन अंक बटुल्ने मौका गुमायो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया