मेयर कपको फाइनलमा पुलिस र एपीएफ भिड्ने

काठमाडौँ: शसस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँ मेयर कपको फाइनल प्रवेश गरेको छ । काठमाडौँ मेयर-११ लाई सात विकेटले पराजित गर्दै एपीएफले विभागिय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । दुबै टिमले चार खेलबाट समान छ अंक बटुले । फाइनल खेल शनिबार हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा मेयर-११ ले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा एक सय ७७ रन बनायो । उता एपीएफले ४४.१ ओभरमा तीन विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।
टस हारेर ब्याटिङ गरेको मेयर-११ का लागि सन्दिप रजालीले सर्वाधिक ४८ रन बनाए । सन्दिपले ८३ बलको सामना गर्दा पाँच चौका प्रहार गरे । मेयर-११ का लागि हरी शंकर साहले ३६ रनको योगदान गरे भने विक्रम भुषालले २० रन बनाए । बाँकी ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।
बलिङतर्फ अविनाश बोहारो र कमल ऐरीले समान तीन-तीन विकेट लिए । त्यस्तै, बसन्त रेग्मी, कप्तान शरद भेष्वाकर र भुवन कार्कीले एक-एक विकेट हात पारे ।
विजयी एपीएफका लागि दुई खेलाडीले अर्धशतक बनाए । शरद र सन्दिप जोराले अविजित रहँदै क्रमशः ६१ र ६२ रन जोडे । त्यसअघि ओपनर शंकर रानाले ३१ रन बनाएका थिए । मेयर–११ का लागि अनुज चुनारा, अनिल खरेल र सन्दिप लामिछानेले एक-एक विकेट लिए ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया