नेपाल-पाकिस्तान क्रिकेट : ग्रेट हिमालय र एन्जल्स सेमिफाइनलमा

काठमाडौँ : ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी( ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा बुधबार भएको खेलमा जित निकाल्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । ग्रेट हिमालय समूह ‘सी’ बाट ६ अंकसहित अन्तिम चारमा पुगेको हो । बुधबार नै भएको खेलमा पराजित एन्जल्स हार्ट नेट रन रेटका आधारमा समूह ुडीु बाट सेमिफाइनल पुग्यो ।
ग्रेट हिमालयले आर एस बिद्यापिठ एकेडेमीलाई ५ विकेटले पराजित गर्यो । टस हारेर फिल्डिङमा आएको आर एसले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५३ रन बनाउन सफल भयो । आर एसको लागि बिजय गौतमले अर्धशतकसहित सर्बाधिक ७५ रन बनाए भने अमृत थापाले ४२ रन बनाए । ग्रेट हिमालयको लागि बिज्ञान गौतमले सर्बाधिक ३ विकेट लिए भने मोहम्मद हुसैन र शुशान्त तिमिल्सिनाले २-२ विकेट लिए ।
१ सय ५४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको ग्रेट हिमालय क्रिकेटले १९ ओभर २ बलमा ५ विकेट गुमाउदै निर्धारित दूरी पार गर्यो । ग्रेट हिमालयलाई दोस्रो जित दिलाउने क्रममा हेम्पन्त श्रीबास्तबले अर्धशतक सहित ५१ रन बनाए । यस्तै संगित बुढाथोकीले ४२ रन बनाए । आर एसको लागि अनुपम पाण्डेले २ विकेट लिए ।
दोस्रो खेलमा स्कुल अफ क्रिकेट ८ रनले बिजयी भयो । टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा १ सय ६४ रन बनायो । उसको लागि सर्बोच्च बस्नेतले अर्धशतकसहित ५८ रन प्रहार गरे । एन्जल्सका लागि निवस कुवरले ३ विकेट लिए । १ सय ६५ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको एन्जल्स हार्ट क्लब १ सय ५६ रनमा समेटियो । उसको लागि मेघराजले सर्वाधिक ३९ रन बनाए । यता, स्कुलको लागि साकार अर्याल र समिरले समान ३-३ विकेट लिए ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया