ललितपुर मेयर कप महिला क्रिकेट चैतमा

ललितपुर : ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो ।
प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ । टी-२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागीता हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ । क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया