प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

राँझा : नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ । साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जितेसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिवल सङ्घका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । उनका अनुसार, एपीएफ र पुलिस तीन/तीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५-२२, २५-२१ र २५-१९ ले पराजित गर्यो । दोस्रो भएको पुलिसले रु दुई लाख हात पारेको छ ।
यसैगरी न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई २५-१६, २५-११ र २५-१३ कौ सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तुलनात्मकरुपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाइका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डले रु एक लाख पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा चौथो भएको त्रिभुवन आर्मी क्लबले रु ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजयी टीमलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए । रासस

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया