टुसालको पोस्टमा श्री कुमारीको चार गोल

काठमाडौँ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा श्री कुमारी क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४-० गोलअन्तरले पराजित भएको हो । श्री कुमारीका लागि आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक एक गोल गरे । खेलको ११औँ मिनेटमा सन्तोष कुमार सिंहले पहिलो गोल गरे ।
यस्तै खेलको २४औँ मिनेटमा विवेक पुनले दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा श्री कुमारीका लागि आशिष राईले तेस्रो गोल गरे । खेलको ६७औँ मिनेटमा आशिष राईले गोल गर्दै आफ्नो टोलीलाई चार शून्य गोलअन्तरले जित दिलाए । जितसँगै श्री कुमारीले ११ खेलबाट १४ अङ्क जोडेको छ । श्री कुमारी लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै टुसाल नौ अङ्कका साथ लिगको १०औँ स्थानमा छ । रासस

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया