नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट : हाम्रो किचन र बलपार्क सेमिफाइनलमा

काठमाडौँ : हाम्रो किचेन क्रिकेट क्लब र बल पार्क एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भएपनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो ।हाम्रो किचेन समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो । यस समूहबाट आयोजक पाकिस्तान दूतावास र लायम क्रिकेट क्लब बाहिरिएका छन् ।
यस समूहमा समान २ अंक भएपनि नेट रन रेटका आधारमा हाम्रो किचेन सेमिफाइनल पुग्न सफल भयो । टस जितेर ब्याटिङ रोजेको हाम्रो किचेनले २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । हाम्रो किचेनको लागि पवन रोकाले अविजित ४८ रन बनाए । यस्तै आदित सुबेदीले ३२ रन बनाए । लायनको प्रसिद्द श्रेष्ठ र शुभम अग्रवालले समान ३÷३ विकेट लिए ।
हाम्रो किचेनले दिएको १ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लायन क्लबले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४३ रन बनाउन सफल रह्यो । लायनको जितमा शुभम अग्रवालले सर्वाधिक ३४, अभिनव बस्नेतले ३० र अभिषेक अग्रवालले अविजित २२ रन जोडे । हाम्रो किचेनको लागि क्रिस ऐरले सर्वाधिक ३ विकेट लिए । अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटार क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्यो ।
पवन राईको शतकीय इनिङ्स खेल्दै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटारलाई २ सय १२ रनको लक्ष्य प्रस्तुत गर्यो । काठमाडौंको लागि पवन राईले १ सय १४ रन बनाए भने दुर्गेश थापा २२ रन बनाए । २ सय १२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लब १ सय ६२ रनमा जोड्दा अल आउट भयो । बालुवाटारको लागि इन्द्र कमल मानन्धरले सर्वाधिक ४० रन बनाए । यस्तै प्रबिन जोशिले २३ रन बनाए । काठमाडौंका तुलाराम लामिछानेले ४ तथा सुलभ अलिले २ विकेट लिए ।
समूह 'बी' बाट बल पार्क सेमिफाइनल पुग्यो । समान दुई अंक भएपनि बालुवाटार क्रिकेट क्लब र काठमाडौं क्रिकेट एकेडेमी सेन्टर नेट रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरियो । यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।
समूह ‘ए’मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेको छन् । समूह ‘बी’ मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् । यस्तै समूह ‘सी’मा आरएस विधापिठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस ‘आईओई’ रहेका छन् । समूह ‘डी’मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका छन् । प्रत्येक समूहका बिजेताले सेमिफाइनल प्रवेश गर्ने छन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया