कैलाली र कञ्चनपुरमा ब्यूँतिए एमाले कार्यालय

धनगढी : नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि जिल्लास्तरमा पार्टी छुट्याएर कार्यालय स्थापना गर्न थालिएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएको छ । कैलाली र कञ्चनपुरमा पनि नेकपाको पार्टी कार्यालयमा नेकपा (एमाले) को बोर्ड लगाइएको छ । कैलालीमा नेकपा ऐमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्वप्रदेश मन्त्री तथा सांसद् पठानसिह बोहरा, नेता रतन थापालगायतको उपस्थितीमा बोर्ड लगाइएको हो ।
उता कञ्चनपुरको महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपालाई मेटाएर बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ । आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएकोमा सुदूरपश्चिमका अन्य जिल्लामा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बोर्ड लगाउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया