समाजिक सुरक्षा भत्ता माग्दै औरही गाउँपालिकामा तालाबन्दी

जनकपुरधाम : गत ८ महिनादेखिको बाँकी समाजिक सुरक्षा भत्ता माग गर्दै ज्येष्ठ नागरिकहरूले धनुषाको औरही गाउँपालिकामा तालाबन्दी गरेका छन् । गाउँपालिकाको विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरूले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् ।
आफुहरूले साउन महिनादेखि हालसम्म सामाजिक सुरक्षा भत्ता नपाएकोले बाध्य भई तालाबन्दी गरेको जेष्ठ नागरिक राजेन्द्र मेहताले बताए ।
भत्ता लिन पटक-पटक गाउँपालिका धाएपनि अध्यक्ष तथा कर्मचारीले खाता संचालन समस्या रहेको भन्दै फिर्ता पठाउने गरेकोले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नु परेको अर्का ज्येष्ठ नागरिक जयकृष्ण साहले बताए ।
गाउँपालिकामा करिब डेढ सय ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा बक्यौता छ ।
यता गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवले कर्मचारी समस्याले ज्येष्ठ नागरिकको भत्ता मात्रै नभक्इ दशै यतादेखि सम्पुर्ण आर्थिक कारोबार ठप्प रहेको बताए । भदौ महिना यता स्थायी रूपमा प्रशाकीय अधिकृत बस्न नसक्दा बैक खाता खोल्न नसकिएको उनले बताए । अहिलेपनि गाउँपालिका अधिकृतविहिन छ ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया