डेर क्लासिकरमा बार्यन बलियो साबित, लेवानडोस्कीको ध्यान मुलरको कीर्तिमानतर्फ

काठमाडौँ : डेर क्लासिकरमा शनिबार बोरुसिया डर्टमन्डलाई पराजित गरेपछि बार्यन म्युनिख बुन्डेसलिगाकाे उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । पछिल्ला आठ सिजन लगातार च्याम्पियन बनेको बार्यनले शनिबार डर्टमन्डलाई ४-२ ले पराजित गर्यो ।
आलियान्ज ऐरेनामा भएको खेलमा बार्यनका लागि रोर्बट लेवानडोस्कीले ह्याट्रिक गरे भने लियोन गारेज्काले एक गोल थपे । उता डर्टमन्डका लागि एर्लिङ हालान्डले दुई गोल गरे । खेलमा डर्टमन्डले सुरुवाती १० मिनेटभित्र दुई गोल गरेको थियो । तर डर्टमन्डले अग्रता जोगाउन सकेन ।
जितसँगै बार्यनले २४ खेलबाट ५५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लाइपजिग दुई अंकले पछाडि रहेको छ । पराजित डर्टमन्ड भने ३९ अंकका साथ छैठौँ स्थानमा छ । बार्यन लिग उपाधि धेयका साथ अघि बढिरहँदा डर्टमन्ड भने छ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा छनौट नहुने सम्भावना बढेको छ ।
डर्टमन्डविरुद्व तीन गोल गरेसँगै लेवानडोस्कीको लिगमा कुल गोल संख्या ३१ पुगेको छ । पछिल्ला सात सिजन मध्ये पाँचमा उच्च गोलकर्ता बनेका लेवानडोस्कीलाई यसपटक कसैले भेट्टाउने अवस्था छैन । लिगमा हालान्ड र फ्रान्कफर्टका आन्द्रे सिल्भाले समान १९ गोल गरेका छन् ।
लिगको उच्च गोलकर्ता बन्ने होडमा रहेका लेवानडोस्की एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्ने लक्ष्यमा पनि छन् । यस्तो कीर्तिमान गेर्ड मुलरको नाममा छन् । उनले बुन्डेसलिगामा एकै सिजनमा ४० गोल गरेका थिए ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया