सातदाबाटो युथ ए डिभिजनमा उक्लियो

काठमाडौँ : सातदोबाटो युथ क्लब नेपाली फुटबलको शीर्ष श्रेणी ए डिभिजनमा बढुवा भएको छ । बी डिभिजनमा शनिबार भएको खेलमा दोस्रो स्थानको खुमलटार युथ क्लबले श्रीभगवती क्लबसँग हार ब्यहोरेपछि सातदोबाटो ए डिभिजनमा उक्लेको हो ।
लिगमा सातदोबाटोले नौ खेलबाट २५ अंक बनाएको छ । दोस्रो स्थानको खुमलटारले भने एक खेल बढी खेल्दै २२ अंक बटुलेको छ । लिगमा सातदोबाटोले दुई खेल खेल्न बाँकी छ भने खुमलटारको एक खेल बाँकी रहेको छ । हेड टु हेडमा समेत खुमलटार पछाडि रहेकाले सातदोबाटाको बढुवा पक्का भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा खुमलटारले सुरुवाती अग्रता लिएको थियो । सबिन केसीले २६ औँ मिनेटमा गाल गरेपछि खुमलटारले खेलमा अघि बढ्यो । तर डोना थापा र आशिष श्रेष्ठले एक-एक गोल गरेपछि श्रीभगवतीले महत्वपूर्ण तीन अंक प्राप्त गर्यो ।
शनिबारै भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १-० ले पराजित गर्यो । खेलको एक मात्र गोल मिलन लिम्बुले गरे । जितसँगै चौँथौँ स्थानको ब्वाइज युनियनको १० खेलबाट १७ अंक भएको छ । पराजित टुसाल भने नौ अंकका साथ नऔँ स्थानमा छ ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया