बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात

काठमाडौं : बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल-पाकिस्तान फ्रेन्डसीप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गर्यो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको बलपार्कले १० ओभरमा २ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।
बलपार्कका लागि निर्भिकले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले । सचिनले २५ रन जोडे । बालुवाटारक विरेन्द्र र अविनासले १/१ विकेट लिए ।
बलपार्कले दिएको १ सय ९ रनको लक्ष्य बालुवाटारले ८ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । बालुवाटारको जितमा इन्द्र कमलले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । सुरेन्द्रले ३३ रन जोडे । बलपार्कका संगमले १ विकेट लिए ।
यस्तै दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियर क्याम्पसलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको पुल्चोकले अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । उसका चिरन्जीवीले ५० रन जोड्दा विशालले ४५ रन बनाए ।
ग्रेट हिमालयका बिज्ञान राई, मोहमद हुसेन, सुसान्त, सन्दीप र नभिनले २/२ विकेट लिए । पुल्चोकले दिएको लक्ष्य ग्रेट हिमालयले ४ विकेट गुमाएर पुरा गर्यो । ग्रेट हिमालयको जितमा आयुसले ६३ रन जोड्दा संगीतले ४४ रन बनाए । सुसान्तले २२ रन जोडे ।
पुल्चोकका सागरले २ विकेट लिए । पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया