एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत सोमबार भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी भएका छन् ।
पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो । उस्का लागि अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए । बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाँले २/२ विकेट लिए ।
१ सय ७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो । उस्का लागि खुम चौधरीले अविजित रहदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दिप विष्टले ३, सुरेश रावल र अनिल थापाले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए ।
प्रतियोगिताअन्तरगत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्याइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो ।
उस्का लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए । हिमालयन ह्याइट हाउसका लागि गजेन्द्र बोहराले ५ र सन्दिप शाहीले ३ विकेट लिए । ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्याइट हाउसले ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
उस्का लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १/१ विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया