सिरी ए : एसी, इन्टर मिलान, एटलान्टा र नेपोलीको जित

काठमाडौँ : इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानका तीन क्लबले शानदार जित निकालेका छन् । आइतबार राती भएका खेलमा एसी मिलान, इन्टर मिलान र नेपाली विजयी भएका हुन् ।
शीर्ष स्थानको इन्टरमिलानले जेनोआलाई ३–० गोलले हरायो । उसका लागि लुकाकु, डार्मिन र सान्चेजले गोल गरे । एसी मिलानले भने रोमालाई २-१ गोलले हराउन सफल भयो । एसी मिलानका लागि फ्रान्क र रेबिचले गोल गरे । रोमाका लागि भेरेटटले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा नेपाली र एटलान्टा पनि विजयी भए । नेपोलीले बेनेभेन्टो र एटलान्टाले साम्पाडोरियालाई समान २-० गोलले हराएका हुन् । जितसँगै इन्टर मिलान २४ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५२ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।
यस्तै ४६ अंकसहित एटलान्टा चौथो स्थानमा उक्लिदा नेपोली भने ४३ अंकसहित छैटौँ स्थानमा छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया