टोटनहमको शानदार जित, चेल्सी र म्यानचेस्टर युनाईटेडको बराबरी

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा टोटनहमले बर्नलीलाई ४-० गोलले हराएको हो । टोटनहमको जितमा ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केन र लुकास मौर्राले एक एक गोल गरे ।
जितपछि टोटनहम २५ खेलबाट ३९ अंकसहित लिगको आठौँ स्थानमा छ । बर्नली भने १५ औँ स्थानमा छ । यस्तै अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले गोल रहित बराबरी खेलेका छन् ।
पछिल्लो समय राम्रो प्रदर्शन गर्दै लिगको दोस्रो स्थानमा रहेको युनाईटेड चेल्सीसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग १२ अंकले पछि परेको छ । सिटीको २६ खेलबाट ६२ अंक छ भने युनाईटेडको ५० अंक छ । चेल्सी भने ४४ अंकसहित पाँचौ स्थानमा छ ।
तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ४९ अंक छ । लेस्टर गएराती नै भएको खेलमा आर्सनलसँग ३-१ गोलले पराजित भएको थियो । गएरातीकै खेलमा लिभरपुलले शेफिल्ड युनाईटेडलाई २-० गोलले हराएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया