पाँच वर्षपछि बल्ल पुनर्निर्माण, शिलान्यासमै तामझाम !
काठमाडौँ : भूकम्प गएको पाँच वर्ष बित्यो । तर सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षणका लागि भन्दै शिलान्यास गर्ने काम बल्ल सुरु भयो । त्यो पनि तामझामका साथ ।भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले मन्दिर बनाउन लागेको हो । वर्षौपछि बन्न लागेको मन्दिर निर्माण भन्दा तामझाममै काठमाडौँ महानगरपालिका र पुनःर्निर्माण प्राधिकरण रहेकाे देखिन्छन् ।
आइतबार नयाँ मन्दिरको शिलान्यासमा भारतीय राजदूत विनयमोहन क्वात्रा पनि पुगे। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसहित महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी पनि थिइन् ।
साँस्कृतिक सम्पदा निर्माणका लागि भारतले झण्डै ६ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । जसमा यो मन्दिर पनि परेको हो । भारतले प्रतिबद्धता घोषणा गरेका अन्य २७ सम्पदा छन् । यसका लागि तीन वर्ष अघि नै सम्झौता भएको थियो ।
भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा पुनःस्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनःस्थापना हुनेछ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौँ सहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरूले आस्थाका साथ पूजा गर्छन् ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया