भारतीय बलर आश्विन भन्छन् : पिचमाथिको बहस अन्त्य गरौँ

काठमाडौँ : भारत र इंगल्यान्डबीचको तेस्रो टेस्टपछि सुरु भएको पिच सम्बन्धि बहस सकिएको छैन । भारतले मोटेराको नरेन्द्र मोदी रंगशालामा भएको टेस्टमा पाहुना टोलीलाई १० विकेटले हराएपछि पिचमाथिको बहस सुरु भएकाे हो ।
पिचको विषयमा इंगल्यान्ड पक्षबाट बहस सुरु भइको थियो । एन्ड्रिउ स्ट्रस, एलेस्टर कुक, माइकल भन लगायतले मोटेराको पिच टेस्ट खेलका लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । तर, भारतीय स्पिनर रविचन्द्र आश्विनले भने इंगल्यान्डका तर्फबाट आएका टिप्पणी सही नभएको बताएका छन् ।
यसअघि कहिल्यै यो स्तरमा पिचका बारेमा बहस नभएको बताउँदै आश्विनले यो क्रम रोकिनु पर्ने प्रतिक्रिया दिए । ‘सबैलाई आ–आफ्नो विचार राख्न छुट छ । कसैको विचार सही वा गलत भनेर भन्न चाहान्न तर पिचको बहस आवश्यकता भन्दा धेरै भइसक्यो । यो तहको बहस पहिले भएको मलाई याद छैन,’ अश्विनले भर्चुअल पत्रकार सम्मलेनमा भने ।
आफूहरूले विदेशमा टेस्ट खेल्दा कहिले पनि पिचको बारेमा गुनासो नगरेको र गर्न पनि नहुने उनले बताए । ‘ब्याट्सम्यानले रन बनाउन सक्नुपर्छ । नत्र बलर हाबी हुन्छ । विपक्षीले खेल जित्छ । यो सामान्य तथ्य हो । यस्तो अवस्थामा के आधारमा पिच राम्रो वा नराम्रो भएको विश्लेषण गर्ने ?,’ आश्विनको प्रश्न छ ।
तेस्रो टेस्ट भइरहँदा कुनै पनि इंग्लिस खेलाडीले गुनासो नगरेको उनको भनाई छ । ‘यो बहसलाई अब लामो नमनाउँ र अन्तिम टेस्ट रमाइलो होस् भनेर कामना गरौँ,’ आश्विनले भनेका छन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया