विश्व फुटबललाई दुःखी बनाउने ओस्कर

काठमाडौँ : प्रिमियर लिग क्लब चेल्सीले सन् २०१२ को ‘समर’ सरुवा बजारमा दुई जना प्लेमेकर अनुबन्ध गर्यो । पहिलो पटक च्याम्पियन्स लिग जिते लगत्तै किनिएका दुवै खेलाडी २० वर्षका थिए । युवा भएपनि पूर्ववर्ती क्लबमा नाम बनाइसकेका ।
दुईमध्ये एकलाई चेल्सीले लोनमा जर्मनी पठायो । चेल्सीले सोच्यो उनको वृत्ति विकास चेल्सीमै रहेर भन्दा अर्को लिगको क्लबमा खेलेर हुन्छ । अर्का प्लेमेकरलाई भने सिधै सिनियर टिममा बढुवा गरियो । जसले नयाँ सिजनको पहिलो खेलबाटै चेल्सी करियर सुरु गरे ।
अब ती दुईको परिचय खुलाउ । पहिलो प्लेमेकर अहिले प्रिमियर लिगमै छन् । तिनको नाम हो, केभिन डे ब्रुएना । जो म्यानचेस्टर सिटीको मात्रै होइन, बेल्जियम राष्ट्रिय टिमको समेत मुख्य खेलाडी हुन् । अर्का खेलाडी हुन्, ओस्कर । हो, ब्राजिलियन मिडफिल्डर ओस्कर । जसले डे ब्रुएना को भन्दा फरक बाटो लिए ।
सुरुवातमा चेल्सीले ओस्करलाई डे ब्रुएना भन्दा प्रतिभाशाली मानेको थियो । त्यसले उनलाई स्टाम्फोर्ड ब्रिजमै राखेर, डे ब्रुएनालाई लोनमा जर्मनी पठाएको । फुटबलमा अनुमान सधैँ कहाँ सफल हुन्थ्यो र । डे बु्रएनाले आफूलाई युरोपकै सर्वोत्कृष्ट खेलाडी मध्येको एकका रूपमा आफूलाई स्थापित गराउँदा, ओस्कर भने गुमनाम छन् । कमसेकम विश्व फुटबलमा चलेका फुटबलरहरूको सूची बनाउँदा ओस्करको नाम अट्दैन । ओस्कार ब्राजिलकै टिममा नपरेको पाँच वर्ष भइसक्यो ।
ओस्कर युरोपियन क्लब फुटबलबाट सन् २०१६ बाट हराए । त्यो वर्ष चिनियाँ क्लबहरू अथाह पैसा बोकेर युरोप छिरेका थिए । ओस्कार लगायतका धेरै खेलाडी चिनियाँ क्लबहरूको नजरमा थिए । चिनियाँ प्रस्ताव चेल्सीलगायतका क्लबले अस्विकार गर्न सकेकनन् । न त ओस्करले नै नाइ भने ।
साघांइ एसआइपीजीले ओस्करलाई सात कराड तीस लाख अमेरिकी डलरमा खरिद गरेको घोषणा गर्यो । ओस्करको तलब नै दुई करोड ६५ लाख (प्रति वर्ष) भएको रिपोर्ट आयो । चेल्सीमा पाइरहेको भन्दा कयौँ गुणा बढी तलब पाउने भएका ओस्करको प्रतिक्रिया थियो, ‘चीनबाट आउने प्रस्ताव खेलाडीले अस्विकार गर्ने प्रकारको हुँदैन ।’
ओस्कर युरोपियन क्लब फुटबलबाट सन् २०१६ बाट हराए । त्यो वर्ष चिनियाँ क्लबहरू अथाह पैसा बोकेर युरोप छिरेका थिए । ओस्करलगायतका धेरै खेलाडी चिनियाँ क्लबहरूको नजरमा थिए । चिनियाँ प्रस्ताव चेल्सीलगायतका क्लबले अस्विकार गर्न सकेकनन् । न त ओस्करले नै नाइ भने ।
यो प्रतिक्रियामा उभिएर ओस्करलाई गिज्याउनेको कमी थिएन । किनभने ओस्कारले चेल्सीमै औसत भन्दा निकै धेरै कमाइ गरिरहेका थिए । चेल्सी त्यसैपनि खेलाडीलाई धेरै तलब दिने क्लबका रूपमा परिचित छ । २५ वर्षकै उमेरमा चेल्सी जस्तो प्रतिष्ठित क्लब छाडेर पैसाका लागि चीन पुग्दा उनले अर्को पाँच वा छ वर्ष युरोपमा खेल्ने मौका गुमाउँदै थिए । जुन अवधिमा उनले कयौँ उपाधि जित्न सक्थे । साथै ठूलो रकम कमाउन सक्थे । अनि विश्वस्तरिय खेलाडीको परिचय जोगाउन सक्थे ।
ओस्करलाई उनकै तरिकाले सोच्दा भने ब्राजिलियन प्लेमेकर गलत थिएनन् । न त उनको बढी पैसा कमाउने इच्छालाई नै गलत भन्न मिल्थ्यो । ओस्कर तीन वर्षको छँदा उनको बुवाको निधन भयो । ओस्करकी आमा सुएलीले एक छोरा र दुई छोरीलाई कठिन तरिकाले हुर्काइन । ओस्करले आफ्नो विगतको भरमा कहिले पनि सान्तवना खोजेनन् । उनले सधैँभरी आफ्नो परिवारलाई सहयोग गर्ने मनसाय राखे । अनि फुटबल खेलको सहयोगमा कुनै ओस्करले आफ्नो परिवारका लागि अधिकतम धन जोड्न खोज्नु अपराध हो र ?
तर फेरि यो प्रश्न सोधिरहँदा, सँगै अर्को गुनासोको पनि सामना गर्नुपर्ने हुन्छ । फुटबल समर्थकबाट । ओस्कर जस्तो प्रतिभाशाली खेलाडी किन गुमनाम हुने बाटो तर्फ लागे ? उनी जस्तो विश्वस्तरिय प्रतिभा भएको खेलाडी २५ वर्षको उमेरमा प्रिमियर लिग छाडेर चीन पुग्नु भनेको फुटबल दुनियाँबाट हराउनु नै हो भन्ने तर्क प्रस्तुत गरिए ।
चेल्सीले ओस्करलाई खेल्ने मौका दिएर डे ब्रुएनालाई लोनमा पठाएको तथ्य बिर्सन नहुने धेरैको भनाई थियो । ओस्कर राम्रो खेलाडी भएकैले पहिलो सिजनमा ६० खेल खेल्न पाए । राफाएल बेनिटेजले युरोपा लिग जिताउँदा चेल्सीको महत्वपूर्ण खेलाडी रहे । जोसे मौउरिन्होको प्रशिक्षणमा इंग्लिस लिग जिते ।
सुरुवाती सफलतामा रम्दै आफूलाई थप बलियो बनाउनु पर्ने समयमा उनले चेल्सी छाड्ने इच्छा राखे । एथलेटिको म्याड्रिडदेखि युभेन्टससम्मका क्लबले उनलाई अनुबन्ध गर्न कुराकानी अघि बढाए । ती मध्ये कुनै पनि क्लबसँग जोडिएको भए, ओस्करले ब्रजिलको टिममा फिलिप्पे कुटिन्होले लिएको स्थान फिर्ता गराउन सक्थे ।
तर ओस्करले चीन जाने निर्णय लिए । सायद उनले सोचे चीन गए पनि युरोप फर्कने बाटो बन्द हुने छैन । किनभने यानिक कारास्को र पौउलिन्हो जस्ता खेलाडी चीन पुगरे फेरी युरोप फर्किसकेका थिए । ओस्करले पनि त्यही बाटो अपनाउने योजना बनाए । उनलाई चेल्सीले नभए कुनै अर्को ठूलो क्लबले स्वागत गर्ने अनुमान गर्न ग्राहो थिएन ।
ओस्कर फेरि युरोप नजान सक्छन् । उनले आफूलाई परिवर्तन नगराउन पनि सक्छन् । जुन फुटबल खेल मन पराउनेका लागि दुःखद हो । किनभने सन् २०१६ मा ओस्करले जुन उद्देश्यले युरोप छाडे, त्यसमा उनी सफल भइसके ।
ओस्करसँग आफ्नो योजना मुताबिक युरोप फर्कने समय अझै छ । झन अहिलेको समय त उनको लागि उपयुक्त छ । किनभने चिनियाँ फुटबलमा देखिएको उत्साह उस्तै रहन सकेको छैन । कोभिड-१९ को प्रभाव स्वरुप कयौँ चिनियाँ क्लबले बजेट घटाएका छन् ।
सन् २०१६ ताका चीन भित्रेका धेरै स्टारहरू त्यहाँबाट फर्किसकेका छन् । त्यसबखत चीन जाने स्टारहरूमध्येका ज्याकसन मार्टिनेजले सन्यास लिइसके । चेल्सीकै पूर्वखेलाडी रामिरेस क्लबविहिन छन् । एलेक्स टक्सेरा पनि चीन बसाई लम्बाउने ध्ययमा छैनन् ।
२९ वर्षीय ओस्करको साघांइसँगको सम्झौता सकिएको छैन । चिनियाँ लिगमा ९१ खेलमा २९ गोल गर्दै ६१ असिस्ट दर्ता गरेका ओस्कर युरोप फर्कन योग्य छन् । उनलाई युरोप फर्काउन कुनै क्लबले चाहे, असम्भव छैन । यस्तो जोखिम लिन कुनै क्लब अगाडि आउन पनि सक्छन् । तर ओस्करलाई युरोप फर्काउन कुनै व्यवधानको सामना गर्नु नपर्ने भने होइन । ओस्कर चीनमा रमाइरहेका खेलाडी हुन् । अनि उच्च स्तरका विपक्षी सामना गर्नुनपर्दा ओस्करको खेल क्षमतामा ह्रास आएको तथ्यलाई नर्कान सकिने अवस्था पनि छैन ।
त्यसो त ओस्कर फेरि युरोप नजान सक्छन् । उनले आफूलाई परिवर्तन नगराउन पनि सक्छन् । जुन दुःखद हो । फुटबल खेल मन पराउनेका लागि । उनको आफ्नो लागि होइन । किनभने सन् २०१६ मा ओस्करले जुन उद्देश्यले युरोप छाडे, त्यसमा उनी सफल भइसके । अथवा भइरहेका छन् ।
उनले आफ्नो करियरमा चाहेको उपलब्धि हासिल गरेका छन् । त्यसकारण उनी युरोपमा नाम चलेको क्लब नर्फकदा दुःखी हुने छैनन् । दुखी त उनको खेल मन पराउने समर्थक हुनेछन् । जसले एक दक्षिणी अमेरिकी प्रतिभा विश्वस्तरीय खेलाडीमा रूपान्तरित हुन नसकेको दुःखद परिस्थतीको साक्षी बन्नु परेको छ । (न्यूयोर्क टाइम्सबाट)

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया