लेब्रन जेम्सको इब्राहिमोभिचलाई जवाफ, सामाजिक तथा राजनीतिक विषयमा बोल्न छाँडदिनँ

काठमाडौँ: लस एन्जलस लेकर्सका लेब्रन जेम्स राजनीतिक र सामाजिक विषयमा आफ्नो धारणा राखिरहन्छन् । प्रख्यात अमेरिकी बास्केटबल खेलाडी जेम्स आफ्नो मुलुकमा हुने बन्दुक हिंसा देखि अश्वेत तथा अल्पसंख्यकहरूको अधिकारका विषयमा बोलिरहन्छन् । धेरैले उनको यस्तो ब्यक्तित्वको प्रशंसा गर्छन् ।
तर सबैजना जेम्सको शैलीसँग सहमत छैनन् । त्यस सूचीमा एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच छन् । स्विडिस फरवार्ड इब्राहिमोभिचले यसै साता एनबीए स्टार जेम्सले राजनीतिक टिप्पणी नगरेको राम्रो भन्ने धारणा व्यक्त गरे । ‘जेम्स आफ्नो खेलको स्टार हुन् । उनको कद बास्केटबल दुनियाँमा धेरै उँचो छ । तर जेम्स जस्ता मानिसहरू आफ्नो खेलभन्दा बाहिर गएर टिप्पणी गरेर गल्ती गर्छन्,’ इब्राहिमोभिचले भनेका थिए,‘ हामी जेमा उपयुक्त छौँ त्यही गरौँ । मसँग फुटबल खेल्ने कौशल छ । म यही गर्छु । म सँग राजनीति गर्न सक्षम छैन । त्यसकारण म त्यस क्षेत्रमा जादिन ।’
शुक्रबार जेम्सले इब्राहिमोभिचले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । उनले आफूले राजनीतिक, सामाजिक वा अन्य महत्वपूर्ण विषयमा बोल्न नछाड्ने बताए । ‘म खेलकुदमा मात्रै सिमित हुन चाहान्न । मैले महत्वपूर्ण प्लाटफर्म पाएको छु । त्यसकारण मैले सामाजिक न्यायका विषयमा बोलिरहनु पर्छ । समाजमा केही गलत भइरहेको छ भने, म त्यसमा बोल्छु । मैले बोल्नैपर्छ,’ जेम्सले भने, ‘म यही समाजको हिस्सा हो । यहाँ मानिसहरुले भाग्ने समस्याका बारेमा मैलो राखेको विचारको महत्व रहन्छ । त्यसकारण म यस्तो विषयबाट भाग्न मिल्दैन ।’

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया