तेस्रो टेस्टमा भारतको जित, सिरिजमा अग्रता

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट भारतले जितेको छ । बिहीबार राती नै सकिएको खेलमा भारत १० विकेटले विजयी भएको हो । जितका लागि पाएको ४९ रनको लक्ष्य भारतले दोस्रो पालीको ७ ओभर ४ बलमै कुनै विकेट नगुमाई भेट्टायो ।
भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए । दोस्रो पालीमा इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेपछि भारतले झिनो लक्ष्य पाएको हो । त्यसअघि पहिलो पालीमा भारतले १४५ रन बनाएको थियो । इंग्ल्याण्ड भने ११२ रनमै अलआउट भएको थियो ।
पहिलो पालीमा भारतका लागि रोहित शर्माले ६६ रन बनाएका थिए । समग्रमा भारतलाई तेस्रो टेस्ट जिताउन अक्षर पटेलले ११ विकेट लिए । पहिलो पालीमा ६ विकेट लिएका पटेलले दोस्रो पालीमा ५ विकेट लिएका थिए ।
दोस्रो टेस्टमा भारतीय टिमबाट डेब्यु गरेका पटेल तेस्रो टेस्टमा म्यान अफ दी म्याच भए । साथै रविचन्दन आश्विनले दुबै पालीमा ७ विकेट लिए । जितसँगै भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ । पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।
घरेलु भूमिमा टेस्ट सिरिजसँगै भारतले न्युजिल्याण्डसँग विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेल्ने सम्भावना पनि बलियो बनाएको छ । यो सिरिज जितेमा भारतलाई टेस्ट क्रिकेट बरियताको शीर्ष स्थानमा उक्लिने मौका समेत हुनेछ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया