अस्ट्रेलियामाथि न्यूजिल्यान्डको रोचक जित

काठमाडौँ : न्यूजिल्यान्डले बिहीबार अस्ट्रेलियामाथि दोस्रो अन्तराष्ट्रिय टि-ट्वान्टीमा चार रनको रोचक जित दर्ता गरेको छ । युनिभर्सिटी ओभलमा भएको खेलमा पाहुना टोली अस्ट्रेलियालाई हराएसँगै न्यूजिल्यान्डले टि-ट्वान्टी श्रृङ्खलामा २-० को अग्रता बनाएको छ ।
टस हारेर ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा दुई सय १९ रन बनायो । घरेलु टिमका लागि ओपनर मार्टिन गुप्टिलले ९७ रन बनाए । ५० बल सामना गर्दा गुप्टिलले आठ छक्का र छ चौका प्रहार गरे । त्यसैगरी, कप्ताान केन विलियम्सनले अर्धशतक बनाउँदा जेमस निशमले ४५ रन जोडे ।
उता आठ विकेट गुमाएर दुई सय १५ रन बनाएको अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ७८ रन जोेडे । उनले ३७ बल सामना गर्दा पाँच छक्का र सता चौका हिर्काए । त्यस्तै, जोश फिलिप्पे र डानियल साम्स क्रमशः ४५ र ४१ रन बनाए ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया