'हालान्ड खरिद गर्न चार इंग्लिस क्लब सक्षम'

काठमाडौँ : युरोपियन क्लब फुटबलमा एर्लिङ हालान्डको लोकप्रियता क्रमशः बढिरहेको छ । नर्वेको मोल्डेबाट जर्मन क्लब बोरुसिया डर्टमन्ड आएपछि हालान्डले अन्य ठूला क्लबको नजरमा पर्ने गरी खेल देखाइरहेका छन् । डर्टमन्डको जर्सीमा कुल ४३ खेल खेल्दै त्यत्ति नै संख्यामा गोल गरेका हालान्ड आउँदो सरुवा बजारमा स्थान्तरण हुने सम्भावना रहेको बताउन थालिएको छ ।
यसै सन्दर्भमा २० वर्षीय स्ट्राइकरका एजेन्ट रहेका मिनो राइओलाले आफ्नो भनाई सार्वजानिक गरेका छन् । पउल पोग्बा, माथ्थिस डि लाइट जस्ता खेलाडीका समेत एजेन्ट रहेका राइओलाले हालान्डलाई अनुबन्ध गर्न युरोपका १० क्लब सक्षम रहेको बताएका छन् । त्यसमा पनि चार क्लब भने इंगल्यान्डको भएको उनको भनाई थियो ।
रेडबुल साल्जबर्गमा रहँदै ठूला क्लबहरूको नजरमा परिसकेका हालान्डले डर्टमन्डमा उतकृष्ट प्रदर्शन गरिरहँदा उनलाई क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच जस्ता खेलाडीहरुलाई प्रतिस्थापन गर्नसक्ने फरवार्डका रुपमा लिन थालिएको छ । ‘रोनाल्डो, मेस्सी, ज्लाटन जस्ता स्टारहरू करियरको उर्ताद्धमा पुग्दा हालान्ड तीनलाई प्रतिस्थापन गर्नसक्ने हैसियत भएका युवा प्रतिभा हुन् । हालान्डको जस्तो कौशल भएका कमै युवा खेलाडी छन् । त्यसैले पनि आउँदो सरुवा बजारमा उनलाई खरिद गर्न ठूला क्लब अगाडि आउने नै छन् । तर उनलाई अनुबन्ध गर्न १० क्लब मात्रै सक्षम छन् । त्यसमा चार क्लब इंग्लिस छन्,’ राइओलाले भने । तर राइओलाले ती क्लबहरुको नाम भने उल्लेख गरेनन् ।
नर्वे राष्ट्रिय टोलीका मुख्य हतियार रहेका हालान्डको डर्टमन्डसँगको सम्झौता सन् २०२४ सम्मको रहेको छ । तर सम्झौता सकिनुअगाबै हालान्ड अर्को लिग जाने सम्भावना बलियो छ । विभिन्न क्लबहरु हालान्डलाई भित्र्याउने दौडमा लागिसकेका छन् । जसमा बार्सिलोना पनि एक हो । बार्सिलोनाको आगामी निर्वाचनमा अध्यक्षको प्रत्याशी रहेका टोनी फ्रेइक्साले आफू विजयी भए हालान्डलाई अनुबन्ध गर्न प्रयास गर्ने बताइसकेका छन् ।
उता बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड पनि हालान्डलाई खरिद गर्ने दौडमा छ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले आफूले नर्वेजियन खेलाडीको प्रदर्शन नियालिरहेको बताइसकेका छन् । इंगल्यान्डकै लिभरपुल, मयानचेस्टर सिटी, चेल्सी पनि हालान्डलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइदै आएको छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया