सर्वाेच्चले बचायो संविधान : पूर्वप्रधान न्यायाधीश कार्की

काठमाडौँ : पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतले संविधानको सहि व्याख्या गर्दै सुझबुझ पुर्ण निर्णय लिएकोमा खुशी व्यक्त गरेकी छन् । यो फैसालले आम नेपाली जनताको मेहनत र लगातारको संघर्षमा आएको संविधान नै बचाएको छ ।
‘फैसला संविधानको धाराको सहि व्याख्या सहित आएको छ । बाहिर विभिन्न अनुमान भएको थियो,’ उनले भनिन, ‘सर्वोच्च अदालतले सहि निर्णय गर्दै आफ्नो शिर उचो राखेको छ । आम जनतामा अदालत प्रतिको विश्वास थप बलियो बनाएको छ ।’
प्रधानमन्त्रीको असंवैधानिक कदमबारे बाहिर अनेकन व्याख्या भए पनि अदालतले धारा ७६को अनुसार व्याख्या सहि रुपमा गर्दै संविधान नै बचाउने काम गरेको छ । ‘यो फैसला निकै महत्वपूर्ण र सुझबुझ पूर्ण फैसला हो,’ उनले भनिन, ‘यति धेरै दवाव र प्रभावको बीचमा पनि यो तवरको सुझबुझ पूर्ण निर्णले अदालतको इज्जत बढेको छ ।’
संविधान बुझेका र राजनीतिक प्रक्रियामा रहेकाहरुले यो फैसालालाई साच्चै सम्मान गर्नेछन् । यो अब्बल फैसलाले अदालतलाई फेरि एक पटक संविधानको अब्बल रक्षक र व्याख्याकर्ताको सूचीमा माथि पु¥याएको छ । ‘हामीले पनि सरकारको यो कदमको विरोध गरियो । तर त्यसमा अदालतले पक्रिया अघि बढाएको र हामीले सन्देश दिने काम ग¥यो,’ उनले भनिन् ‘दवाव श्रृजना भएको थियो । तर पनि अदालतले निधक्क निर्णय गरेको छ । यो सुन्दा खुसी लाग्यो । अदालत पनि कहिलेकाही अलमलिन्छ हामी पनि अलमलिएका थियौँ होला तर यो संवैधानिक इजलासले गरेको निर्णय साच्चै प्रशंसनीय छ ।’
अदालतले आफ्नो काम गरिदिएको छ । राजनीतिक नेतृत्वले फैसलालाई नियाल्दै अघि बढन् आवश्यक छ संविधान बचाउने काम अदालतले गरेको छ । संविधानको रक्षा गर्ने र व्याख्या गर्ने काम अदालतको हो त्यो काम भएको छ । अव राजनीतिक नेतृत्वले यसलाई सुझबुझ पूर्ण निर्णय लिएर अघि बढ्नु पर्छ । संसदीय प्रक्रिया अघि बढाउनु पर्ने उनको धारणा छ ।
प्रधानमन्त्रीले पनि यस्ता कदम चालेकोमा तत्काल कुर्ची छोडेर संवैधानिक प्रक्रियामा प्रवेश गर्नुपर्ने सुझाइन । अदालतको गरिमा बढेको उक्त फैसला आउँदा हामी जस्ता पूर्व न्यायाधीशहरु निकै गदगद हुनुपर्छ । यो फैसलालै मुलुकले तय गरेको कोर्षलाई अघि बढाउने काम गरेको छ । पाँच वर्षका लागि तय भएको संसदलाई विघटन गरेर आफ्नो तवरले अघि बढ्न लागेको सरकारलाई जवाफ दिएको भन्दै यसबाट सिकेर अव आगामी दिनमा कसैले पनि यस्तो गलत कार्य अघि बढाउँदैन भन्ने विश्वास लिएको पनि उनले बताइन ।
‘संविधान र संसद् बच्यो,’ उनले भनिन, ‘जहाँसम्म पछि के हुन्छ भन्ने कुरामा दलहरुले लड्दै लोकतान्त्रिक अभ्यासमा आपसमा द्वन्द्व भए पनि लोकातान्त्रिक अभ्यासमा अघि बढने विश्वास लिएको छु ।’

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया