रोनाल्डोको दुई गोलमा युभेन्टसको शानदार जित

काठमाडौँ : क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि सीरी ए फुटबलमा युभेन्ट्सले शानदार जित हात पारेको छ । सोमबार राती भएको खेलमा युभेन्टसले क्रोटोनलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो ।
युभेन्टसको जितमा रोनाल्डोले ३८ र ४५ औँ मिनेटमा गोल गरे । एक गोल भने म्याक्निनले ६६ औँ मिनेटमा गरे । जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको इन्टर मिलान ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसी मिलान ४९ अंकसहित लिगको दोस्रो स्थानमा छ ।
समान खेलबाट रोमा भने ४४ अंकसहित चौथो स्थानमा छ । क्रोटोन भने पुछारमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया