कोलकाताको 'प्ले अफ' आशा जिवितै

इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराउदै प्ले अफमा पुग्ने सम्भावनालाई झन् नजिक ल्याएको छ । आइतबार जित्नै पर्ने दबाबमा रहेको कोलकाताले राजस्थानलाई ६० रनले पराजित गर्यो ।
हारसँगै राजस्थान भने प्रतियोगिताबाट बाहिरियो । गर या मरको अवस्थामा रहेको कोलकाता कप्तान इयोन र्मोगान, पाट क्युमिन्स लगायतका खेलाडीले निर्णायक प्रर्दशन गरे । तर, जित हासिल गरे पनि कोलकाताको प्ले अफमा स्थान भने सुरक्षित भइसकेको छैन ।
कोलकाता प्ले–अफमा पुग्ने नपुग्ने छिनोफानो आइपीएलका अर्का दुई खेलले निर्धारण गर्नेछन् । कोलकाता जितपछि १४ अंक सहित चौँथो स्थानमा छ । यसैबीच सोमबार दास्रो स्थानमा रहेको रोयल च्यालेन्र्जस बैंङ्गलोरले तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।
विजयी टोली सिधैँ प्ले अफमा पुग्नेछ । यसअघि मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाइसकेको छ । पराजित हुने टीम, कोलकता र सनराइजर्स हैदराबाद मध्येबाट प्ले अफको बाँकी स्थान पुरा हुनेछ ।
हैदराबादले मगंलबार हुने मुम्बईविरुद्वको खेल गुमाउने हो भने कोलकाता प्ले अफका लागि छनौट हुनेछ । तर, यदि हैदरबादले जित हासिल गरे प्ले अफमा पुग्ने टोलीको छनौट रनरेटका आधारमा हुनेछ ।
आइतबार कोलकाताका लागि मुख्य खेलाडीहरुले अपेक्षित प्रर्दशन गरे । कप्तान इयोन र्मोगानको अविजित ६८ रनको सहयोगले कोलकातालाई ७ विकेट गुमाउदै १९१ रन बनायो । कप्तान र्मोगान बाहेक पाट क्युमिन्सको प्रदर्शन पनि महत्वपुर्ण रह्यो । उनले चार विकेटको सहायताबाट राजस्थानलाई १३१ रनमै सिमित गराए ।
(एजेन्सीको सहयोगमा)

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया