‘स्टिभ स्मिथले आइपीएल नखेल्न सक्छन्’

काठमाडौँ: अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) नखेल्ने सम्भावना रहेको बताइएको छ । अस्ट्रेलियन टिमका पूर्व कप्तान माइकल क्लार्कले त्यस्तो दाबी गरेका हुन् । भर्खरै सम्पन्न आइपीएल अक्सनमा दिल्ली क्यापिटल्सले भारु २ करोड बिस लाखमा खरिद गरेको स्मिथ चोटका कारण आइपीएल नखेल्ने सम्भावना रहेको क्लार्कको भनाई थियो ।
आइपीएलको गत संस्करणमा स्मिथले राजस्थान रोयल्सको कप्तानी गरेका थिए । तर अस्ट्रेलियन ब्याट्सम्यानको नेतृत्वमा राजस्थानले निराशाजनक प्रदर्शन गर्यो ।
‘हो, उनले टी–ट्वेन्टीमा उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । गत वर्ष आइपीएलमा पनि उनले खासै राम्रो खेल्न सकेनन् । तर राजस्थानमा उनले जती कमाईरहेका थिए, दिल्लीमा उनले त्यती पाउने छैनन् । त्यसकारण अन्तिममा आएर उनले आइपीएल नखेल्ने निर्णय लिए अचम्ममा नपर्दा हुन्छ,’ कलार्कले भने ।
स्मिथ विश्व क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पर्छन् । स्मिथले आइपीएलको गत सिजनमा जम्मा तीन सय ११ रन मात्रै बनाएका थिए । जसमा तीन अर्धशतक थिए ।
‘विराट कोहली विश्वका नम्बर एक ब्याट्सम्यान हुन् । तर स्मिथ खेल कौशलका आधारमा कोहली भन्दा कमजोर छैनन् । विश्वका तीन उत्कृष्ट ब्याट्सम्यानको सूची बनाउने हो भने स्मिथ पनि त्यसमा पर्छन्,’ क्लार्कले भने ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया