सनसनी समाचारले समाजमा विग्रह, प्रहरीको अनुसन्धान प्रभावित !
सरकारी कार्यालयका प्रवक्ता भन्छन्- पत्रकार चिन्नै गाह्रो !

काठमाडौँ : पछिल्लो समय प्रकाशित भएका समाचारहरुले समाजमा विग्रह ल्याउन सक्ने भन्दै सरकारी कार्यालयका प्रवक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न घटनामा आधारित रहेका समाचारहरु तथ्यमा भन्दा बढी सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेसण हुन नसकेको उनीहरुले बताएका हुन् ।
प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न सरकारी कार्यालयका प्रवक्ताहरुले सही सूचनामा आधारित समाचार प्रसारण हुन छाडेको गुनासो गरे । खासगरी अपराध अनुसन्धानसँग जोडिएका विषयहरुमा कसले छिटो समाचार लेख्ने भन्ने प्रवृति रहेको र यसले अनुसन्धानमा असर पर्याउने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए ।
समाचार लेखेकै आधारले अनुसन्धानको ट्रयाक विग्रने गरेको उनको भनाई छ । नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले समाचार र समाचारको शिर्षक फरक हुने गरेको पाइएकोले त्यसको अनुगमन प्रेस काउन्सिलले गर्नुपर्ने बताए । कुनैपनि पत्रकारले मिडिया हाउस परिवर्तन गरेपछि आफ्नो परिचय नदिई सूचना माग्ने प्रवृतिले पनि सूचना प्रवाहमा समस्या हुने गरेको पौडेलले बताए ।
सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले को पत्रकार हो ? कुन मिडियाको पत्रकार हो ? र उसको जिम्मेवारी के हो ? भन्ने किसिमको परिचय थाहा पाउनै कठिन हुने गरेको बताए । खासगरी सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुमा सबैभन्दा बढी समस्या रहेको पनि उनले बताए । यस्तै अपराधिक क्रियाकलाप गर्न खोज्ने मनसाय राखि पत्रकारिता गर्नेहरुमाथि निगरानी राख्नुपर्ने पनि उनले बताए ।
गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले धेरै प्रत्रकारहरुलाई आचारसंहिताको बारेमा जानकारी नै नहुँदा समाचार सम्प्रेषणमा समस्या हुने गरेको बताए । सन्तुलित र मर्यादित पत्रकारिताको अपेक्षा गरिएको र त्यसका लागि विभिन्न कार्यक्रमहरु गरी जानकारी दिनुपर्ने आवस्यकता रहेको बताए ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालको संविधानले प्रेस स्वतन्त्रताको कुरा गरेको बताए । तर उच्च पदस्थहरुको विरोध ग¥यो भने चर्चित भइन्छ भन्ने कुराले पत्रकारहरुमाथि प्रश्न उठ्ने गरेको बताए । राष्ट्रले गरेको काममा सकारात्मक सन्देश दिएमा राष्ट्रिय एकता सदभावमा बल पुग्ने तर पत्रकारहरुमा त्यस्तो मनस्थिति कम देखिने गरेको बताए ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनले पत्रकारहरुलाई जिम्मेवार भएर रिपोर्टिङ गर्ने कुरामा प्रेस काउन्सिलले ध्यान दिनुपर्नेमा जोड दिइन् । खासगरी महिला सम्बन्धी घटनामा पत्रकारहरुले गोपनियतामा ध्यान नदिएको पाइएको उनले बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले पत्रकारहरुलाई हुने थ्रेटमा राज्यका निकायहरुले सम्बोधन गरिदिने वातावरण बन्नुपर्ने बताए । पत्रकारलाई आफ्नै कारणले कुनै थ्रेट भएको खण्डमा पत्रकार आफैले समेत सच्याउनुपर्ने उनले बताए । सच्याइने कामको नेतृत्व प्रेस काउन्सिलले गर्नुपर्ने बताए ।
सूचना तथा प्रसारण विभागका प्रवक्ता इश्वरराज दाहालले कुनैपनि मिडिया दर्ता भइसकेपछि उक्त मिडियामा काम गर्ने पत्रकारलाई परिचयपत्र जारी गरिने र सोही परिचयपत्रको आधारमा जुनसुकै ठाउँबाट सूचना संकलन गर्न सक्ने बताए । यो विषय पनि पत्रकार आचारसंहितासँग जोडिने भएकोले त्यसको नियमन गर्न विद्यमान ऐन कानूनमा संशोधन आवश्यक रहेको बताए ।
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको परिचय र सञ्चार माध्यम खुल्दैन र सूचना लिएर कहाँ प्रयोग गर्न खोजेको छ भन्ने कुरा स्पष्ट नभएसम्म सूचना नदिन आग्रह गरे । पत्रकारलाई चिनेर मात्रै सूचना दिनुपर्ने उनले बताए । त्यस्तै सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्ने र त्यो ठिक छ की छैन भनेर हेर्ने काम प्रेस काउन्सिल नेपालले गर्ने बताए ।
कार्यक्रममा पत्रकारले संकलन गर्ने सूचना र त्यसबाट बन्ने समाचारको प्रभाव कस्तो पर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । यस्तै नयाँ मिडियाहरु र समाजिक सञ्जाललाई नियमन गर्न पनि जरुरी रहेको प्रवक्ताहरुले बताएका थिए ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया