भागरथीका आफन्तले बुझे १७ दिनपछि शव

धनगढी : बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षे भागरथी भट्टको शव यात्रा सुरु भएको छ । बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि शव यात्रा सुरु भएको हो ।
हत्या भएको १७ दिनपछि आफन्तले शव बुझेपछि शव यात्रा सुरु भएको हो । गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।
भागरथीको हत्या गरेको अभियोगमा प्रहरीले १६ बर्षीय दिनेश भट्टलाइ पक्राउ गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ । अभियुक्तले भागरथीको बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेको प्रहरीको दाबी छ ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया