दाहालले काठमाडौं बोलाए आफू निकट स्थायी समिति सदस्य

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका छन् । पूर्वमाओवादी कोटामा स्थायी समिति सदस्य भएका एक नेताले अध्यक्ष दाहालले आफूलाई काठमाडौं बोलाएको जानकारी दिए ।
दसैंमा गृहजिल्ला पुगेका उनलाई अध्यक्षले विशेष छलफल गर्ने भन्दै काठमाडौं बोलाएको जानकारी दिए । काठमाडौं किन बोलाइयो भन्नेबारे भने केही जानकारी नदिइएको उनले बताए ।
विशेष छलफल भन्दै कार्यकारीले काठमाडौं बोलाउनु भएको छ,’ इकागजसँग उनले भने, ‘म आजै काठमाडौं जाँदैछु । किन बोलाइएको हो त्यो भने केही खुलाइएको छैन ।’ त्यस्तै अर्का एक स्थायी समिति सदस्यले पनि आफूलाई काठमाडौं बोलाइएको बताए । ‘भोलि बिहानसम्म काठमाडौं पुग्न भनिएको छ,’ उनले भने, 'भोलि आन्तरिक छलफल गर्ने तयारी रहेको बुझेको छु ।’
तर पूर्वमाओवादी निकटका सबै स्थायी समिति सदस्यलाई भने काठमाडौं बोलाइएको छैन । जिल्लामै रहेका अर्का एक स्थायी समिति सदस्यले भने यस विषयमा अनबिज्ञता प्रकट गरे । ‘खै मलाई त अहिलेसम्म केही जानकारी आएको छैन,’ उनले भने ।
कर्णालीमा मुख्यमन्त्रीविरुध्द आफ्नै दलका नेताले अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको सँघारमा पुगेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए । ‘प्रधानमन्त्रीले सँगै जान नसकिने अवस्था आएको अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता श्रेष्ठले इकागजसँग भने, ‘प्रधानमन्त्री स्वयंबाट त्यस्तो प्रस्ताव आएपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया