आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बुद्धले बाल्यकाल बिताएको जग्गा अधिग्रहण गर्न सरकारले मुआब्जा तोक्यो, विश्‍व सम्पदामा सूचिकृत हुने प्रक्रियामा

काठमाडौं : दुई वर्षअघि पुरातत्त्व विभागको उत्खनन टोलीले कपिलवस्तुको तिलौराकोटमा गौतम बुद्धले बाल्यकाल बिताएको पूष्टि हुने प्रमाण फेला पार्‍यो । अब प्राचिन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट विश्‍व सम्पदामा सूचिकृत गर्न पुरातत्त्व विभागले गर्ने तयारी गरेको छ ।

पुरातत्त्व विभागले पुरातात्त्विक वस्तुहरू भेटिएको ठाउँका जग्‍गा स्थायी रुपमा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । तिलौराकोट पर्खालभन्दा बाहिर रहेका रहेका महत्त्वपूर्ण पुरातात्त्विक संरचनाहरू संरक्षण गर्ने उल्लेख छ ।  बिहीबार बसेको मुआब्जा (मूल्य) निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गरेको छ ।

१५ स्थानीयवासीको नाममा रहेको घरको समेत मुआब्जा वितरण गरि जग्‍गा अधिग्रहण गर्ने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

तिलौराकोट, कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि ३ किलोमिटरको दूरीमा छ  । तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ। पुरातट्ट्व विभागले तिलौराकोटलाई विश्‍व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी गरिरहेको अवस्थामा अधिग्रहणको प्रक्रिया अघि बढेको हो ।

२०१४ देखि तिलौराकोटको उत्खनन तथा अन्वेषण भइरहेको छ। अहिलेसम्म पाँचौं पटक तिलौराकोटमा उत्खनन भएको हो । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएका थिए । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ। तर त्यसअघि नै यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको थियो ।

पुरातत्व विभाग, बेलायतको दुराम विश्‍व विद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि यो तथ्य बाहिर आएको हो। ‘युनेस्को जापानिज फन्ड इन ट्रस्ट’को आर्थिक सहयोगमा करिब ६ वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका थिए ।

यस्तो छ मुआब्जाको वर्गिकरण

तौलिहवादेखि गोरुसिंगेसम्म मुल पिच सडकमा जोडिएका जग्गाको मुल्य प्रति कठ्ठा २० लाख २२ हजार रुपैयाँ निर्धारण गरिएको छ । सहायक पिच सडकमा जोडिएका जग्गाको मुल्य प्रति कठ्ठा १७ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

गोरेटो बाटोमा जोडिएका जग्गाहरूको भाउ ११ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

बस्तीबाट नजिक रहेको खेतको मुल्य ८ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कुन कुन जग्गा अधिग्रहणमा परे

तौलिहवादेखि गोरुसिंगेसम्म मुल पिच सडकमा जोडिएका जग्गा

कित्ता नम्बर ४१, ४७५, ४७७, ५८५, १८६, ४८५, ८३९

सहायक पिच सडकमा जोडिएका जग्गा

कित्ता नम्बर १४२१, १४२२, ३, ७, ८, १५०, १५१, १५२, ५९२, ८१६, ८१७

गोरेटो बाटोमा जोडिएका जग्गा

कित्ता नम्बर ३, ४, ५, ६, ८, ४०, ४१ मालपारा ४, ६

बस्तीबाट नजिक रहेको खेत

कित्ता नम्बर १८१, १८२, ५५८, ५५९, २२, १७१, १६९, १७३, ५६४, ५६५, ८०७, ८०८, १९, २१, ६५९, ६६०, ३२, ६३५, ४४८, ४४९, ७९९, ६३८, ६३९, ७९५, ७९६, ७९८, ६३६, १७४, ८१४, ११६२, १४२३


घरको मुआब्जा रकम

घरधनीको नाम

मुआब्जा रकम (रुपैयाँमा)

स्थान

चौधरी कोहरी

 

दुई लाख ७५ हजार १ सय ४९

 

गोबरी ८ क गाउँ ब्लक ६८ बाट

दामोदर भण्डारी

 

१५ लाख २१ हजार ५ सय १०

 

गोबरी ८ क गाउँ ब्लक ६८ बाट

 

इन्द्रकला वेलवासे

 

३ लाख ७६ हजार ३५

 

गोबरी ८ क गाउँ ब्लक ६८ बाट

 

इश्वरी प्रसाद घिमिरे

 

१८ लाख ३२ हजार ३ सय ६०

 

गोबरी ८ क

 

घनश्याम घिमिरे

 

२२ लाख ८४ हजार ४ सय ८३

 

गोबरी ८ क

 

माधव प्रसाद घिमिरे

 

२१ लाख १ हजार २ सय ३८

 

गोबरी ८ क

 

रामदवन यादव

 

२५ लाख ५५ हजार ३ सय २५

 

मालपारा १ ख गाउँ ब्लक १५३ बाट

 

ज्ञानेन्द्र मल्लाह

 

५ लाख ७३ हजार ४ सय ४०

 

मालपारा १ ख गाउँ ब्लक १५३ बाट

 

रामदरस मल्लाह

 

९ लाख २९ हजार ६ सय २८

 

मालपारा १ ख गाउँ ब्लक १५३ बाट

 

कोमल यादव

 

१४ लाख ४५ हजार ५५

 

मालपारा १ ख गाउँ ब्लक १५३ बाट

 

कमला यादव

 

२२ लाख ३९ हजार ५ सय ३५

 

मालपारा १ ख गाउँ ब्लक १५३ बाट

 

रामबहादुर मल्लाह

 

२ लाख ९७ हजार ३

 

मालपारा १ ख

 

शान्तिविहार गेष्ट हाउस

 

६६ लाख ८० हजार ८ सय ४

 

मालपारा १ ख

 

हिरालाल मल्लाह

 

३५ लाख ४३ हजार ६ सय ५५

 

मालपारा १ ख

 

रामकेवल यादव

 

२३ लाख ८ हजार ११

 

मालपारा १ ख

 

 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…