मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

पार्टी फुट्‍ने संकेत देखिएको छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुट्ने बताएका छन् । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सभाहलको निरिक्षण गर्दै ओलीले पार्टी फुट्ने संकेत नभएको प्रस्ट पारेका हुन् । 

पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रीत भएको जिकिर उनले गरे । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफुले प्रश्न गरेको भन्दै ओलीले पार्टीलाई ठिक ढंगले अगाडि बढाउनुपर्ने बताए । 

प्रधानमन्त्री ओली आइतबार ललितपुरको गोदावरीमा निर्माण भइरहेको अन्तराष्ट्रिय सभाहलको निरिक्षण गर्न पुगेका थिए । झण्डै तीन हजार सीट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ ।  

प्रधानमन्त्री ओली लामो समयदेखि बालुवाटारबाट बाहिर निस्किएका थिएनन् । तर, पार्टीको अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आएको सन्देश प्रवाह गरेकै दिन ओली बालुवाटारबाट बाहिर निस्किएर गोदावरी पुगेका हुन् ।