प्रहरीहरू अख्तियारको फन्दामा

काठमाडौं : तस्करीको सामानसहित समातिएको मोटर साइकल फिर्ता गर्न घूस लिएको अभियोगमा प्रहरी नायब निरीक्षकसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सप्तरी जिल्लाको तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रसाद कानु, प्रहरी जवान रामेश्वर मण्डल र स्थानीय व्यवसायीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
केही दिनअघि भारतबाट भन्सार नतिरी भित्रिएको सामानसहित मोटर साइकल प्रहरीले समातेको थियो । उक्त मोटर साइकल प्रहरी चौकीमा राखिएको थियो । मोटर साइकल फिर्ताका निम्ती घूस लिएका हुन् । त्यो घूस स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएका थिए । अख्तियारले घूस राख्ने व्यापारीलाई पनि नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी जवान पक्राउ
उता अख्तियारले महोत्तरीबाट सशस्त्र प्रहरी जवानलाई घूससहित पक्राऊ गरेको छ । महोत्तरी जिल्ला रामनगर सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत जवान उमेश चौहानलाई १७ हजार ६ सय रुपैयाँ घूससहित बर्दिबासबाट गएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । चौहानलाई गौशाला नगरपालिका-२ निगौल चोकमा अख्तियारको टोलीले समाएको हो ।
घरायसी प्रयोगका निम्ति काठ-दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट घूस लिएको दाबी अख्तियारको छ । अख्तियारले घूससम्बन्धमा जवानमाथि अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

दिपक मनाङेको सांसद पद खारेज

उच्च अदालतले भन्योः पाण्डेलाई काम गर्न दिनू

प्रतिक्रिया