नेपालको सामुदायिक होमस्टे नेटवर्कलाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौँ : संयुक्त राष्ट्र संघ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ (कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ । प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी) को आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रुपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मनित भएको हो ।
संयुक्त राष्ट्रसंघ इनोभेशन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करीब १० हजार प्रारम्भिक प्रस्ताव सहभागी थिए । उनीहरुमध्येबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै एसडिजीमा योगदान पुर्याउने १८ देशका २५ विजेता निर्णायक मण्डलले छनोट गरेका हुन् ।
विश्वपर्यटन क्षेत्रका विज्ञ नेता मिलेर बनेको निर्णयक मण्डलले स्थार्टउ अफहरुको एसडिजी विशेष लक्ष्यमा योगदान पुर्याउने सम्भाव्यता, उनीहरुको ‘स्केल अप’ गर्ने क्षमता, ‘प्रोडक्ट’ र यसको व्यवस्थापन टोली दुवैको परिपक्कताका आधारमा मूल्याङ्कन गरेका छन् ।
एसडिजीको प्रगतिका लागि विशेष महत्व र योगदान दिनसक्ने २५ वटा विश्वव्यापी विजेतामध्ये अमेरिकाले नौ प्रतिस्पर्धी विजेतासँग प्रस्ताव पेश गर्ने क्रममा अग्रणि स्थान प्राप्त गरेको छ भने युरोपले आठ विजेता, एशिया र प्रशान्त क्षेत्रबाट छ विजेता तथा अफ्रिका र मध्यपूर्वी क्षेत्रबाट एक-एक विजेता बनेका छन् । सामुदायिक होमस्टे नेटवर्क (सिएचएन) का संस्थापक शिवप्रसाद ढकालले समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयामलाई उजागर गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताए ।
‘समुदाय आधारित पर्यटनको अग्रणि एवं उदाहरणीय गन्तब्यका रुपमा नेपाललाई स्थापित गर्ने अभियानले युएनडब्लुटिओ जस्तो प्रतिष्ठित संस्थाबाट सम्मान प्राप्त गर्नु सम्पूर्ण सिएचएन टोली र हाम्रो राष्ट्रका लागि ठूलो सम्मान हो, ग्रामीण र उदीयमान पर्यटन स्थलमा मौलिक स्थानीय अनुभव प्रदान गर्ने र देशभरका पर्यटन सम्भावनालाई प्रस्फुटित गराउने एक नमूना प्रडक्ट हुनसक्छ तर, हामीले यसको सञ्चालन व्यवस्थापनमा दिगो र जिम्मेवार अभ्यास अपनाउनु पर्दछ’ उनले भने ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया