मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

कोभिड संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं : कैलालीका एक कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१ बस्ने ६० वर्षे संक्रमित पुरुषको मृत्यु भएको हो ।

कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषमा शनिबार कोभिड संक्रमण पुष्टि भएको थियो । आइतबार राति १ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।