मन्त्रिपरिषद् पुर्नगठन तत्काललाई रोकियो

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखे, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु-याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’
कर्णालीमा मन्त्रिपरिषद पुनर्गनको चर्चा चलिरहेको बेला रावलको स्ट्याटसले उनको बहिर्गमनको संकेत ग-यो । खासमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएर बाटो बाटो खोलिदिन आग्रह गरेपछि रावलले उक्त स्ट्याटस लेखेका थिए । उनीसँगै पर्यटनमन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन मुख्यमन्त्रीको आग्रह थियो ।
तर फेसबुकमा स्ट्याटस लेखेको केही घण्टामै मन्त्री रावलले उक्त स्ट्याटस हटाए ।
केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिन सुझाएपछि रावलले स्ट्याटस हटाएको बताइएको छ । अब उनीहरूले राजीनामा नदिने बताएका छन् । आफूहरूले कुनै गलत काम नगरेकोले राजीनामा दिने कुरा असम्भव भएको प्रतिक्रया दिए । मन्त्री रावलले राजीनामा दिने संकेत गरेपछि प्रधानमन्त्री ओलीले नहतारिन निर्देशन दिएका थिए ।
ओलीले ती मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही पनि मन्त्रिपरिषद पुनर्गठनको तयारीबाट पछि हटेका हुन् । तर कर्णालीको विकासका लागि स्थायी सरकार आवश्यक पर्ने भएकाले असन्तुष्ट सबै पक्षलाई मिलाएर मात्रअघि बढ्ने मनसायमा मुख्यमन्त्री रहेको उनका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले बताए ।
केन्द्रबाट मन्त्री थपघट गर्न निर्देशन आए पनि तीनै पक्षलाई मिलाएर लैजाने प्रक्रियामा मुख्यमन्त्री रहेको शर्माले बताए । तर तिहार अगाडि नै मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा मुख्यमन्त्री शाही रहेको शर्माको भनाइ छ । ‘तिहार अगाडि नै मन्त्रिपरिषद् पुर्नगठन हुन्छ’ शर्माले भने, ‘सबै पक्षलाई मिलाएर लैजाने भएकाले तत्कालै पुर्नगठनको कामलाई थाति राखिएको हो ।’
‘मिडियामा चर्चा भएजस्तो आजै मन्त्रिपरिषद् हेरफेर नहुने उनले बताए । उनले भने, ‘अहिले चर्चामा आएजस्तो दुई मन्त्रीलाई बर्खास्त गर्ने योजनामा नभइ मिलाएर लैजाने गृहकार्यमा मुख्यमन्त्री लाग्नुभएको छ ।’

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_7Q2sZWGHS6_lss2v89okop1g219zvquwjnugyzfpcsvpp4rodmjoixhqutxtxi7r8zgftov.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया