एमिकस क्युरीका तर्फबाट खरेलको राय : प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक

काठमाडौँ : वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असवैधानिक भएको बताएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरीका तर्फबाट बुधबार संवैधानिक इजलासलाई राय दिंदै वरिष्ठ अधिवक्ता खरेलले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताए ।
'संसदीय प्रणालीमा विघटन गर्ने कुनै अधिकार छैन । समाधान संविधानबाटै खोजिनुपर्छ,' संवैधानिक अदालतमा राय पेस गर्दै खरेलले भने ।
वरिष्ठ अधिवक्ता खरेलले त्यही सन्दर्भमा थप राय दिंदै भने, 'प्रधानमन्त्रीलाई विशेषअधिकार छ भनेर लेखिएको भए के-के अधिकार हो । नलेखिएको भएपनि हुन्थ्यो। तर संविधानमा शून्य छ। त्यसैले यहाँ कुनै पनि व्याख्याको सिद्धान्तले मान्दैन ।'
यसअघि मंगलबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासलाई राय दिएका थिए ।

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

प्रतिक्रिया