महँगादेखि महँगासम्म
यी हुन् दुनियाँकै सबैभन्दा बहुमूल्य चीजहरू

तपाईंसँग खर्च गर्न टन्नै पैसा भयो भने के–केमा खर्चनुहुन्छ ? एउटा नयाँ कारको लागि कति तिर्नुहुन्छ होला ? इङ्गेजमेन्टको औंठीका लागि या पार्किङ स्पटको लागि कति खर्च गर्नुहुन्छ ? या हिराजडित घडीको लागि कति बजेट छुट्याउनुहुन्छ ? कहिलेकाहीँ गगनचुम्बी भवनमाथि बसेर पियानो बजाउन मन लागे कति तिर्न चाहनुहुन्छ ?
सामान्य मानिस यस्ता सामान किन्दा वा खर्च गर्दा जति कम मूल्य भयो, त्यति खुसी हुन्छन् होला । तपाईंलाई आश्चर्य लाग्न सक्छ कि संसारमा केही यस्ता धनाढ्य छन्, जो केही सीमित कुराका लागि पनि उल्लेख्य रकम खर्च गर्न तत्पर हुन्छन् ।
तपाईं पनि यस्ता वस्तुहरुको सौखिन हुनुहुन्छ भने आजैदेखि रकमको एक–एक पाइ जम्मा गर्न थाल्नुहोस् । किनकि यो सूचीमा पैसा भनेको राजा हो ।
आउनुहोस्, संसारका सबैभन्दा महंगा चीजहरू हेरौं :
ग्राफ डाइमण्ड हलुसिनेसन वाच (घडी) – ५५ मिलियन अमेरिकी डलर (६ अर्ब ५० करोड रुपैयाँ)
ग्राफ डाइमण्ड हलुसिनेसन वाच विश्वकै हालसम्मकै महँगो घडी हो । यसलाई ग्राफ डाइमण्डका अध्यक्ष लरेन्स ग्राफले बनाएका हुन् । विश्वको दुर्लभ ११० क्यारेटको रंगीन हीरा जडिएको यो घडीलाई लरेन्सले सन् २०१४ मा स्वीट्जरल्याण्डको बासेलवल्र्डमा पहिलोपटक प्रदर्शन गरेका थिए । ५५ मिलियन अमेरिकी डलर पर्ने यो घडीलाई नेपाली ६ अर्ब ५० करोड रुपैयाँ पर्छ ।
१९६३ फेरारी २५० जिटिओ– ७० मिलियन अमेरिकी डलर (८ अर्ब २८ करोड रुपैयाँ)
२०१८ मा वेदर टेकका संस्थापक एवं निर्देशक डेभिड म्याकनेलले ‘टुर डे फ्रान्स’ बिजेता ‘१९६३ फेरारी २५० जिटिओ’ लाई ७० मिलियन अमेरिकी डलर तिरेर किनेका थिए । ४१५३ जिटी नम्बर भएको यो कार विश्वकै महँगो कार मानिन्छ ।
सीएनएनका अनुसार प्रसिद्ध इटालियन माक्र्युले १९६२ देखि १९६४ सम्ममा २५० जिटीको केबल ३९ वटा कार बनाएका थिए । त्यसपछि यो मोडेलको कार बनेको छैन । त्यसैले यसको मूल्य बढी भएको हो ।
ब्लूफिन टुना– ३.१ मिलियन अमेरिकी डलर (३ अर्ब ६६ करोड)
एक जापानी धनाढ्यले सन् २०१९ मा टोकियोको माछा बजारबाट ६१२ पाउण्डको ब्लूफिन टुनालाई ३.१ मिलियन खर्चिएर किने । जसको नेपाली मूल्य ३ अर्ब ६६ करोड पर्छ ।
ब्लूफिनलाई विश्व वन्यजन्तु कोषले आधिकारिक रुपमा लोपोन्मुख प्रजातिको रुपमा सुचीकृत गरेको छ ।
एन्टिलिया, मुम्बई – १ देखि २ अर्ब अमेरिकी डलर (१ देखि २ खर्ब रुपैयाँ)
बेलायतकी रानीको बकिङघम प्यालेस संसारकै महँगो आवास हो भन्दा तपाईंलाई त्यति अचम्म नलाग्ला । किनकी यो ५.४ बिलियन अमेरिकी डलर पर्न जान्छ । के तपाईंलाई थाहा छ, विश्वमा दोस्रो महंगो आवासस्थान कुन हो ? एसियाका धनी मुकेश अम्बानीको हो ।
रिलायन्स इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीको मुम्बईको २७ तले घर सिकागोका अर्किटेक्ट पर्किन्स र वीलले डिजाइन गरेका हुन् । एन्टिलिया एकदेखि दुई खर्ब रुपैयाँ पर्न जान्छ । त्यस्तै यसले ८.० म्याग्नेच्युटको भुकम्प थेग्न सक्छ ।
म्यानहट्टन पार्किङ स्पट– १ मिलियन अमेरिकी डलर (११ करोड ८० लाख रुपैयाँ)
यहाँ पार्किङ स्पट किन्नुभन्दा घर किन्नु नै सजिलो हुन्छ । किनकि विश्वकै महँगो पार्किङ स्पटको मूल्य एक मिलियन अमेरिकी डलर रहेको छ । जसको नेपाली मूल्य १ अर्ब रुपैँया पर्छ । यो अमेरिकाको न्यूयोर्क सहरस्थित सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने म्यानहट्टनको पास सोहो जिल्लामा ४२ क्रसबी सेन्टले लक्जरी कन्डोमा १० वटा पार्किङस्थल निर्माण गरेका छन् । त्यहाँ प्रत्येक पार्किङस्थलको मूल्य ११ करोड ८० लाख रुपैयाँ पर्न जान्छ ।
लियोनार्दाे दा भिन्चीको साल्भेटर मुन्डी – ४५० मिलियन अमेरिकी डलर (५३ अर्ब )
बेलायतको क्रिस्टिज अक्सन हाउस (लिलामी) बाट साउदी अरेबियाका राजकुमार बाडेर बिन अब्दुल्लाह विन मोहम्मद विन फरहान अल साउदले २०१७ मा साल्भेटर मुन्डी (संसारको उद्धारकर्ता) को चित्र ४५० मिलियन अमेरिकी डलर (५३ अर्ब नेपाली रूपैयाँ) तिरेर किनेका थिए । सार्वजनिक रुपमा हुने लिलामीमा यसले संसारमा नयाँ रेकर्ड नै कायम गरेको थियो ।
प्यासन अजटेका, प्ल्याटिनम लिक्वेर बोतल – ३.५ मिलियन अमेरिकी डलर (४ अर्ब १४ करोड)
विश्वको सबैभन्दा महँगो टकिलाको रुपमा प्यासन अजटेकाको बोतललाई लिइन्छ । अत्याधिक फ्यान्सी बोतल भएकाले यसको मूल्य पनि उच्च भएको हो । प्ल्याटिनम र सेतो सुनले बनेको बोतलमा ६ हजार ४०० वटा हीरा जडिएको छ ।
फालकोन सुपरनोभा आइफोन ६ पिंक डाइमन्ड – ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब ७३ करोड रुपैयाँ)
विश्वको सबभन्दा महँगो मोबाइलको रुपमा हीराजडित फालकोन सुपरनोभा आइफोन ६ पिंक डाइमन्ड हो । जसको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब ७३ करोड रुपैँया) रहेको छ । यसमा प्लाटिनम प्लेटिङ गरिएको छ र यसको पछाडी ठूलो गुलाबी हीरा जडिएको छ ।
(एजेन्सीको सहयोगमा)

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_XPgJQyCKP7_uzqyixxqrvjakq3ro3ltw6cvy2wnbpkczlimvoseczindi8ijpfcq4lgcobp.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

ट्रम्पविरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

इरान हमलापछि नेतान्याहुको छोराको विवाह रोकियो

प्रतिक्रिया