दार्चुलाको लेकम गाउँपालिकामा पूर्व असईको हत्या, फरार आरोपी पक्राउ

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ टकना बस्ने वर्ष ४८ का पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालको शनिबार राती हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।
उनले भने घरभन्दा करिब ५÷६ सय मिटर टाढा पालको शव फेला परेको थियो । प्रहरीको टोली घट्ना स्थलमा खटि अनुसन्धान गर्दा हत्या भएको खुलाशा भएको हो । सुरुमा रिठाचौपताबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजारा नेतृत्वको टोली र त्यस पश्चात् इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमा पुगेको थियो ।
पूर्व प्रहरी सहायक निरीक्षक पालको टाउकोमा लठ्ठीले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पदम बहादुर बिष्टले बताए । फरार रहेका हत्या आरोपी पनि पक्राउ गरिएको छ ।
प्रहरी चौकी सेरा बैतडीको सहकार्यमा फरार रहेका सोही ठाउँका अन्दाजी वर्ष ३०/३२ का रमेश पाल पक्राउ परेका छन् । हत्या गरी फरार रहेका पाललाई आइतबार बिहान करिब साढे ७ बजेतिर पक्राउ गरिएको बिष्टले बताए । रासस

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया