शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चार गाउँपालिकाका १० हजार नागरिक मतदानबाट वञ्‍चित हुने

फाइल तस्‍वीर

वीरगञ्‍ज : आउँदो वैशाखमा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्‍चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्नेगरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधि हुन नसक्दा करीब १० हजार व्यक्ति मतदान गर्नबाट वञ्‍चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ । 

पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि तिनीहरूले आगामी वैशाखमा हुने भिनएको प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट वञ्चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बताए । 

विसं २०७४ को मतदाता सूची अनुसार पटेर्वासुगौलीमा ११ हजार ७६०, ठोरीमा ११ हजार ६८५, जगरनाथपुरमा १५ हजार ५६२ र जिराभवानी गाउँपालिकामा ११ हजार ३५० मतदाता रहेका छन् । पुस ६ गते यता नागरिकता लिएका व्यक्तिको मतदाता परिचयपत्र बन्न नसक्ने, यसअघिका छुटेका व्यक्तिको पनि मतदाता नामावलीमा नाम समावेश नहुने निर्वाचन हुने मितिको घोषणा भइसकेपछि मतदाता नामावली अद्यावधि गर्ने काम बन्द भएकाले नागरिकता लिएका व्यक्तिको नाम मतदाता सूचीमा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गौरीशङ्कर चौधरीले जानकारी दिए ।

निर्वाचन कार्यालयले कर्मचारीको अभावमा टोली खटाउन नसकिएको भनेर झारा टार्ने काम गरेको आरोप लगाउँदै पटेर्वा सुगौल गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुले यस क्षेत्रमा रहेका विभिन्न पार्टीले १८ वर्ष उमेर पुगेका मतदाताको नाम सङ्कलन गरे पनि टोली नआएकाले उनीहरूको नाम मतदाता सूचीमा राख्न नसकिएको बताएका छन् । 

इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता लिएका व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुन नसकेकामा उनीहरूले आफ्नो मत खसाल्ने मताधिकार हनन् भएको भन्दै सो कार्यको विरोध गरेका छन् । रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…