कञ्चनपुरको मझगाउँ विमानस्थल कालोपत्रे हुने

धनगढी : लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको प्रक्रिया अगाडि बढेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच जग्गा अधिग्रहण र पूर्वाधार निर्माणका लागि साझेदारी भएसँगै विमानस्थल सञ्चालनको प्रक्रिया अगाडि बढेको हो ।
३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र महाकाली नगरपालिकाबीच साझेदारी भएको हो । उक्त रकम नगरपालिका र प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको बैंक खातामा जम्मा गरेसँगै जग्गा खरिद प्रक्रिया अगाडि बढ्ने सहमति भएको छ ।
विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ भने विमानस्थलको स्तरोन्नति र सञ्चालनका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५, भीमदत्त नगरपालिकाले १५ र महाकाली नगरपालिकाले १० प्रतिशत खर्च जुटाउने समझदारी भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भौतिक पूर्वाधार जीर्ण भइसकेको मझगाउँ विमानस्थल सञ्चालन हुने दावी गरे । विमानस्थलले कञ्चनपुरको आर्थिक र सामाजिक विकासमा टेवा पुगाउने विष्टले बताए । जग्गा अधिग्रहण र मुआब्जा विवरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गर्ने समेत सहमति भएको विष्टले बताए ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_m3qS5EJLPR_nxpndjyipsi6rtjqcsec0r8fqm0sw8uhwywondf6ac0xvn0y5a1ixyc2mjci.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_aJBwQrHN5h_708186pzfqgfjd2ekl5qul4mrl7fgruik1nrua7w2r3ked7it963vcfr1fv6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया