सुर्खेतमा थप एक कोभिड संक्रमितको मृत्यु

सुर्खेत : सुर्खेतमा एक जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१२ का ३२ वर्र्षीय युवाको कोभिड संक्रमणबाट मृत्यु भएको हो ।
कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
शनिवार राति ११ बजे ती युवाको मृत्यु भएको हो । प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएको एक घण्टामै युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले मृतक युवामा मानसिक रोगको समस्या रहेको जानकारी दिए ।
‘दसैंैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको रहेछ’ फोकल पर्सन केसीले भने, ‘औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो र त्यहाँ भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु-याइएको थियो ।’
तीन दिनअगाडि मात्रै ति युवाको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

चिङ्गाड गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

प्रतिक्रिया