सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

'चोइटिएर गएकाहरू सडकमा अलपत्र परे !'

बुटवल : प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाट केही तत्व बाहिरिएको बताएका छन् । बुटवलमा शनिबार आयोजित आफू पक्षको सभालाई संम्बोधन गर्दै ओलीले विकास र सम्वृद्धि नचहाने तत्वहरू पार्टीबाट बाहिरिएको बताएका हुन् । 

जनसभामा बोल्दै ओलीले चोइटिएर गएकाहरू सडकमा अलपत्र रहेको टिप्पणीसमेत गरेका छन् । देशमा प्रतिगमन भएको भन्दै कुप्रचार गरेकोसमेत ओलीले प्रष्ट पारे । उनले भने,‘निर्वाचनमा जाने कुरा प्रतिगमन हुन्छ भन्ने कुरा कहीँ छ ?’ 

पार्टीमा रहेका केही व्यक्ति देश बनाउन भन्दा व्यक्तिगत लाभ लिनकै लागि वार्गेनिङ गर्ने गरेको प्रधानमन्त्रीले आरोप लगाए ।  आफूले राष्ट्रिय स्वाधिनता र सम्वृद्धिको काम गरे वापत प्रधानमन्त्री पद छोड्नु पर्ने प्रस्ताव आएकोसमेत उनले बताए । 

बुटवल सभाका तस्बिरहरू :