वेष्ट इण्डिजविरुद्धको पहिलो पालीमा बंगलादेशको खराब सुरुवात

काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो पालीमा बंगलादेशले खराब सुरुवात गरेको छ । वेष्ट इण्डिजलाई ४०९ रनमा अलआउट गरेर आफ्नो पहिलो पाली थालेको बंगलादेशले दोस्रो दिन शुक्रबार ५ विकेट गुमाएर १०५ रन मात्रै बनाएको छ । बंगलादेश अझै ३०४ रनले पछि परेको छ ।
दोस्रो दिनको खेल सकिदा मुसाफिकर रहिम २७ रन बनाएर क्रिजमा छन् । उनलाई मोहम्मद मिथुनले साथ दिइरहेका छन् । त्यसअघि तमिम इक्वालले ४४ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । वेष्ट इण्डिजका सेनन गाब्रियलले दुई विकेट लिएका छन् ।
पहिलो पालीमा वेष्ट इण्डिजका लागि कुरमाह बोनरले ९० र जोशुवा डी सिल्भाले ९२ रन बनाए । बंगलादेशका अवु जायद र तैजुल इस्लामले समान चार चार विकेट लिए । दुई खेलको टेस्ट सिरिजमा वेष्ट इण्डिज १-० ले अघि छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया