शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपालले भाग लिने त्रिदेशीय सिरिज स्थगित

फाइल तस्बिर

काठमाडौँ  : नेपालले भाग लिने भनिएको आईसीसी विश्व क्रिकेट लिग-२ अन्र्तगतको त्रिदेशिय क्रिकेट सिरिज स्थगित भएको छ । आउँदो मार्चमा नेपाल बाहेक ओमान र अमेरिका सहभागी हुने सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

विश्व क्रिकेट नियामक संस्था आईसीसीले कोभिड–१९ को बढ्दो प्रभाव, लामो क्वारन्टिन प्रावधान र विभिन्न देशमा रहेको यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरेको क्यानको भनाई छ । आईसीसीले पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित गरेको छ । त्यस्तै, पपुवा न्युगिनी, अमेरिका र नामिबिया सहभागी हुने श्रृङ्खला पनि नहुने भएको छ ।