रिजवानको शतकमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ : दक्षिण अफ्रिकासँगको पहिलो टी-ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । लाहोरमा बिहीबार राति भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ रनले पराजित गर्दै टी-ट्वेन्टीमा पनि शानदार सुरुवात गरेको हो । यसअघि पाकिस्तानले दुई खेलको टेस्ट क्रिकेट सिरिज जितेको थियो ।
पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । तर जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले ५४ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका उस्मान र हरिस राउफले दुई दुई विकेट लिए । पाकिस्तानको ब्याटिङमा मोहमद रिजवानले शतक बनाए । नटआउट १ सय ४ रन बनाएका उनले गर्दा पाकिस्तान सम्मानजनक योगफल बनाउन सफल भएको थियो ।
दक्षिण अफ्रिकाका एडिलेले २ विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको टी-ट्वेन्टी खेलमा १-० को अग्रता लिएको छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया