'चुनाव भयो तर दुई तिहाइ बहुमत आएन भने के हुन्छ ?'

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीका वकिलको बहस सकिएको छ । सर्वोच्चको संवैधानिक इजलासमा बहस चलिरहदा आजदेखि प्रधानमन्त्रीका वकिलको बहस सकिएर सभामुखका तर्फबाट बहस सुरु भएको हो ।
बहसका क्रममा सरकारी वकिल र न्यायाधीशबीच केही सवाल जवाफ पनि भयो । बहसका क्रममा न्याायधीश अनिलकुमार सिन्हाले सोधे, ‘संसदीय दलको विधान पनि छ, त्यही अनुसार प्रधानमन्त्री हुनुभएको छ, यो विधानको काम छैन भन्न मिल्छ र ?
प्रधानमन्त्रीका अधिवक्ता बाबुराम दाहालले जवाफमा भने, ‘संसदले कुनै पनि सहयोग गरेन । त्यही करण ३६ वटा विधेयक खारेज भए। जुन विवेक पुर्याउनु पर्ने हो त्यो पुर्याइएन ।’
उनले थप अगाडी भने, ‘संसदले सहयोग गर्नुपर्ने संवैधानिक नियुक्तिमा पनि सहयोग नगरेपछी कसको के लाग्छ र ? त्यसैले प्रधानमन्त्रीले काम गर्न नपाएकै हो । त्यसपछि दुई तिहाइ जनमत प्राप्त गर्न चुनावमा जाने निर्णय भएको हो ।’
त्यसपछि न्यायाधशि सिन्हाले फेरि प्रश्न गरे । ‘यदि चुनाव भयो र दुई तिहाइ प्राप्त भएन भने के हुन्छ ?’ सिन्हाले सोधे ।
जवाफमा दाहालले भने, ‘दुई वर्ष काम गर्दा यस्तो भयो । पाँच वर्ष काम गर्न सकेको भए कस्तो हुन्थ्यो ? तर बीचमै खुट्टा तान्ने कम भयो । अबको बहुमतको सरकार यस्तो हुँदैन भन्ने विश्वास छ ।’
बहसका क्रममा सरकारी वकिलले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको बचाउ गरेका थिए । प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता भएका दर्जन बढी रिटमाथि माघदेखि नै सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

प्रतिक्रिया